• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    साइबर अपराधविरुद्धको अभिसन्धि राष्ट्रसंघबाट अनुमोदन

    0.9K
    SHARES



    काठमाडाैँ । साइबर अपराधविरुद्धको अभिसन्धि राष्ट्रसंघबाट अनुमोदन भएकाे छ । वर्तमान समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीहरूको कडा विरोधको बाबजुद राष्ट्रसंघका सदस्य राष्ट्रहरूले साइबर अपराधविरुद्धको अभिसन्धि अनुमोदन गरेका हुन् ।

    न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्य राष्ट्रहरूद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेस गरिनेछ । अभिसन्धिको मस्यौदा समितिकी अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया बौमाइजा मेबार्कीले प्रस्ताव स्वीकृत भएपछि सहभागी सदस्य राष्ट्रलाई धन्यवाद दिइन् ।

    रुसले सन् २०१७ मा गरेको प्रारम्भिक कदमपछि अमेरिका र युरोपेली विरोधको बाबजुद यो समिति गठन गरिएको थियो । यो अभिसन्धि ४० सदस्य राष्ट्रद्वारा अनुमोदन भएपछि लागू हुनेछ । यसले बाल यौनदुर्व्यवहार, सम्पत्ति शुद्धीकरणलगायतका साइबर अपराधलाई प्रभावकारी रूपमा रोक्न प्रयास गर्नेछ ।

    सम्मेलनको प्रशंसा गर्दै दक्षिण अफ्रिकाका प्रतिनिधिले प्राविधिक सहयोग र क्षमता निर्माणको प्रावधानले कम विकसित साइबर पूर्वाधार भएका देशहरूलाई सहयोग गर्ने बताए ।

    यस अभिसन्धिले राज्यले आफ्नो घरेलु कानुनअन्तर्गत न्यूनतम चार वर्षको जेल सजायमा पनि अपराधको अनुसन्धान गरी राष्ट्रका अधिकारीहरूलाई अपराधसँग सम्बन्धित कुनै पनि इलेक्ट्रोनिक प्रमाणका लागि सोधी इन्टरनेट सेवा प्रदायकहरूबाट डाटा प्राप्तिका लागि अनुरोध गर्न सक्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया