काठमाडाैँ। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा ) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ ।
साउन १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेस गरी निर्णय गराएका थिए । पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् ।
एकाले नगर अध्यक्ष किसन ज्ञवालीले पिज्ञप्ति जरी गर्दै भनेका छन्, ‘स्थानीय व्यवस्थापन समिति सेरेमोनियल भूमिकामा सहजीकरणको मात्रै काम गर्ने संयन्त्र भए पनि मेयर पाण्डेयले राजनीतिकरण गरी प्रशासनिक भवनको नाम सूर्यप्रसाद प्रधानसँग जोडेर राख्ने निर्णय गर्नु अत्यन्तै त्रुटिपूर्ण भएको छ’ ।
प्रतिक्रिया