• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज ६ प्रदेशका यि ठाउँमा भारी वर्षाको सम्भावना

    1K
    SHARES



    काठमाडौं । आज ६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति कोशी प्रदेशमा पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । २४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ । साथै देशका केही ठाउँमा चट्याङ्गसहित वर्षा हुने सम्भवान छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली भएको छ । जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

    आगामी २४ घण्टामा केही ठाउँमा भारी वर्षा हुनुका साथै चट्याङको सम्भावना रहेकोले सतर्क रहन विभागले अनुरोधसमेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया