काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष नपुग्दै राजीनामा दिने बताएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघिनै राजीनामा दिने बताएकाहुन् ।
ओलीले त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म नेतृत्व गर्ने बताएका छन् ।
उनले जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा अहिलेकाे सरकार डिस्टिनेशन तोकेर हिँडेकाे पनि बताए ।
सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको दाबी गर्नुभयो। उहाँले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताएका छन् ।
प्रतिक्रिया