काठमाडौँ । हाल देशभर मनसुनी वायुकाे प्रभाव रहेकाले आ ज सबै प्रदेशमा वर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अति ठूलो वर्षाको सम्भावना छ ।
प्रतिक्रिया