• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निलम्बित मुख्यसचिव अर्यालयलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    1K
    SHARES



    काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी माग गर्ने आदेश गरेको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो ।

    अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा अर्याल दोषी ठहर भएका हुन् । अन्तशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया