• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि समाचार

    अपडेटका कारण विन्डोज कम्प्युटर बन्द भएका प्रयोगकर्ताले १० डलर क्षतिपूर्ति पाउने

    2.9K
    SHARES



    काठमाडौं । अपडेटका कारण विश्वव्यापी रूपमा माइक्रोसफ्टका विन्डोज प्रयोगकर्ता प्रभावित भएपछि क्राउडस्ट्राइकले माफी माग्दै १० डलरको गिफ्ट कार्ड पठाउने भएको छ । क्राउडस्ट्राइकको फाल्कन नामक एन्टिभाइरसमा आएको अपडेटका कारण १९ जुलाईमा ८५ लाख बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।

    अपडेटकै कारण विश्वभरका सयौं कम्पनीकाे सेवा ठप्प भएकाे थियाे भने केही देशमा हवाई उडान प्रभावित हुनुका साथै दूरसञ्चार तथा इन्टरनेट सेवा नै प्रभावित भएका थिए । उक्त समस्या आएपछि क्राउडस्ट्राइकका चिफ बिजनेस अफिसर ड्यानियल बर्नार्डले ग्राहकलाई इमेल पठाउँदै माफी मागेका हुन् ।

    क्राउडस्ट्राइकको एप्लिकेसनमा आएको अपडेटका कारण कम्प्युटरमा बीएसओडी (ब्लु स्क्रिन अफ डेथ) को समस्या देखिएको थियो । उक्त समस्या हटाउन प्रयोगकर्ताले म्यानुअल्ली अपडेट डिलिट गर्नुपर्ने अवस्था आएको थियो ।

    कम्पनीका सीईओ जर्ज कर्ट्ज र चिफ सेक्युरिटी अफिसर स्वन हेनरीले उक्त घटना भएपछि सार्वजनिक रूपमै माफी मागेका छन् । सामाजिक सञ्जाल लिङ्क्डइनमा पोस्ट राख्दै उनीहरूले आफ्नो कारणले जुन समस्या निम्तियो, त्यसमा पश्चाताप भइरहेको उल्लेख गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ