काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ ।
आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् ।
आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया