चितवन । भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा बस र यात्रुको खोजी जारी रहेकाे छ । घटना भएकाे ११ दिन सम्म पनि बस र केही यात्रुहरू नभेटिएकाले खाेजी कार्य जारी राखिएकाे हाे ।
यद्यपि नेपाल र भारतकासमेत उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न सकेको छैन । नेपालका सुरक्षाकर्मी साथै भारतबाट आएका प्राविधिक टोलीले घटनास्थल वरपर खोजी गरिरहेका छन् ।
दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।
नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा केही वस्तु भेटिएको संकेत पाएको जनाएको छ । तर अहिलेसम्म उक्त वस्तु बस या अरु नै केही हो भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया