• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    इजराइल दुई हजार ‘केयरगिभर’ लिन सहमत

    857
    SHARES



    काठमाण्डौ। इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । मुख्य र वैकलल्पिक उम्मेदवार गरि दुई हजार नेपाली लेजान इजराइल तयार रहेकाे श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गाेविन्दप्रसाद रिजालले जानकारी गराएका छन् ।

    अहिले छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकोमा यो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको रिजालले बताएका छन् ।

    यसबारेमा हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदारबीच पनि कुराकानी भएको थियो ।

    मन्त्री भण्डारीसँगको शिष्टाचार भेटमा राजदूत गोदारले इजरायल नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको जानकारी समेत गराएका छन् ।

    भेटमा द्विपक्षीय श्रम सम्बन्ध साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने क्रममा भइरहेको छनोट प्रक्रियाबारे पनि छलफल भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया