काठमाडौँ । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति रायको चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा हत्या भएको हो ।
रायको हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ ।
प्रतिक्रिया