• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    अविरल बर्षाका कारण कर्णालीमा ६ दिनदेखि हवाई तथा सडक यातायात अवरुद्ध

    1.4K
    SHARES



    काठमाडौं । अविरल बर्षाका कारण कर्णालीमा ६ दिन यता साविकका कर्णाली अञ्चलका ५ जिल्लाहरुमा नत सडक सुचारु छन् नत हवाइ सेवा नै सबै अवरुद्ध भएका छन् ।

    लगातारको वर्षा र मौषममा आएको खरावीका कारण यहाँ रहेका ४ वटा विमानस्थल रारा बिमानस्थल, सिमिकोट बिमानस्थल, जुम्ला बिमानस्थल र जुफाल बिमानस्थलहरूमा हवाइ उडान अवरुद्ध भएका छन । भने कर्णाली राजमार्ग र कर्णाली करिडोरको ठाउँ ठाउमा बाढी, पहिरोले सडकमा अवरोध गर्दा यातायातका साधनहरु पनि चल्न सकिरहेका छैन्न ।

    सडक र हवाइ दुबै तिर अवरुद्द भएपछी अहिले साविकका कर्णालीबासीहरु एक किसिमको मौषमी नाकावन्दीमा परेका छन् । अत्यावश्यक काम विषेशले यि जिल्लाहरुबाट बाहिरिने र भित्रनेहरु समस्यामा परेका छ्न् । विकल्प नहुँदा कर्णालीबासीहरुका अत्यावश्यक काम छुटेका छन् ।

    छायानाथ रारा नगरपालिका वडा न ११ का नौलासिग नेपाली आफु अत्यावश्यक कामले सुर्खेत जानू पर्ने भएपनी सडकमा गाडी र एअरपोर्टमा जहाज नचल्दा जान नसकेको बताउछ्न ।

    यस्तै २२ गते सम्पन्न शिक्षक सेवा आयोगको परीक्षा दिन जान नपाएर धेरै जनाको परीक्षा छुटेको छ । छायानाथ रारा नगरपालिका वडा न १० तल्लेख गाउँका स्थानिय मोहन शाही गाडी र पेलेन नचलेकाले आफ्नो परीक्षा छुटेको सुनाउछ्न ।

    परीक्षा मात्र होइन यातायातका कुनै साधन नचल्दा सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्न जाने विरामी र कार्यालय कामले प्रदेश तथा संघीय राजधानी तिर जाने कर्मचारीहरु पनि जिल्ला मै रोकिनु परेको छ ।

    वर्षा लागेपछि सडक अवरुद्द भै बजारमा दैनिक उपभोग्य सामान र निर्माणका सामान अभाव हुन्छ भन्दै व्यापारीहरुले मौजाद राख्नका लागि मगाएका सामान बोकेका मालवाहक गाडीहरु पनि विच बाटो मै रोकिएका मुगु उधोग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा बताउछ्न । उनी भन्छन् स यस्तै वर्षाले हवाइ देखि सडक अवरुद्ध लम्विने हो भने छिटै बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन सक्छ ।

    सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीर बहादुर जिसिका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने गगने खोला,एसमोड,झाम्ला खोला,दहि खोला,हुल्म र दैलेखको पातरखोला लगायतका दर्जन बढी स्थानमा पहिरो, बाढि र लेदो आउंदा सडक अवरुद्ध हुँदै आएको छ ,यी स्थानमा सडक डिभिजन जुम्लाले अबरोध पन्छाउन स्काभेटर तयारी अवस्थामा राखेको छ । पहिरो र लेदो पन्छाउदै गयो पुनस् पहिरो र लेदो आउने अनि नया ठाउहरुमा पहिरो खसी दिंदा सडक घरी घरी अबरोध हुने र सडक डिभिजनले खुलाउने गर्दै आएको छ ।

    सडक अवरुद्द भएपनी मौषममा सुधार भैदिएको भए हवाइ सेवा नियमित हुने थियो तर मौसममा सुधार नहुँदा मुगुको रारा विमान स्थल, हुम्लाको सिमिकोट विमान स्थल, जुम्लाको जुम्ला विमान स्थल र डोल्पाको जुफाल विमान स्थलहरूमा एक साताबाट जहाजहरुले उडान भर्न नसकिएको रारा नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले बताए ।

    रारा नागरिक उड्डयन कार्यालय प्रमुख रिजालका अनुसार उडान बन्द भएपछि मुगु, जुम्ला, डोल्पा र हुम्लाबाट नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट साविक कर्णालीका जिल्लाहरु तिर आउने यात्रु विमानस्थल मै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ भने आइतबारबाट मौसममा केहि सुधार आउला जस्तो देखिएको बताए ।

    सडक अवरुद्ध हुदा हवाइ सेवा र हवाइसेवा अवरुद्ध हुदा सडकमार्ग विकल्पका रुपमा कर्णालीबासीले प्रयोग गर्दै आएका थिए तर एक साताबाट स्थल र हवाइ दुबै सेवा अवरुद्ध भएपछी कर्णालीबासी उकुस मुकुसमा परेका छन भने विरामी लगायत अत्यावश्यक काम परेकाहरु भगवान भरोसामा भएको स्थानीय बताउछ्न ।

    लगातारको वर्षाले राष्ट्रिय राजमार्ग र हवाइमार्ग मात्र अवरुद्ध भएका छैनन गाउँ गाउँबाट पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म जोडने ग्रामीण सडकहरुमा पनि पहिरो र बाढी आइ क्षेतविक्षेत पारीदिँदा ग्रामिण सडकहरु पनि अवरुद्ध भएका छन् । स्थानियहरुलाई पालिका केन्द्रसम्म आवत जावत गर्न पनि समस्या भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ