• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारी वर्षाले कञ्चनपुरमा डुवान, १ हजार ६ सय बढीलाई सुरक्षित स्थानमा सारियो

    1.8K
    SHARES



    भीमदत्त नगर । कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ। लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुवानमा परेका छन्। पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२२ मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हन्माननगरमा ५६७ मिलिमिटर वर्षा भएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमेश जोशीका अनुसार डुवानमा परेका ४ सय ६६ घरपरिवारका १ हजार ६ सय २२ जनालाई सुरक्षित ठाउँमा सारीएको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुवानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।

    उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ। भारी बर्षाका कारण अझै बस्तीहरू डुवानमा पर्नेक्रम बढ्दै गएको जनाइएको छ। पछिल्लो २४ घन्टामा कञ्चनपुरको सुन्दरपुरमा ४२२ मिलिमिटर वर्षा भएको छ।

    यस्तै घर डुवानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो। घरभित्र झुलामा निदाइरहेका उनको पानीका कारण निस्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया