• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध, सयौं सवारी बाटैमा अलपत्र

    873
    SHARES



    काठमाडौँ। त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा गएराति खसेको पहिरोले आइतबार बिहानदेखि सडक अवरुद्ध बेनेको छ।

    त्रियुगा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन पनि ठप्प रहेका छन् ।

    यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुट्टा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् ।

    उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया