• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रामनवमी आज : मर्यादा पुरुषोत्तम श्रीरामको भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

    1K
    SHARES



    काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा, भक्ति र उत्साहपूर्वक मनाइँदैछ। मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सवका रूपमा मनाइने यस पर्वमा विशेषगरी पूजा, व्रत, भजनकीर्तन तथा रामकथा वाचन गरिन्छ।

    हिन्दू धर्मग्रन्थअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका पुत्रको रूपमा भगवान् रामको जन्म चैत्र शुक्ल नवमीकै दिन पुनर्वसु नक्षत्रमा भएको हो। विष्णुको सातौँ अवतारका रूपमा रामले धर्म र सत्यको पक्षमा दुष्ट प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको धार्मिक विश्वास छ।

    धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, “रामनवमी मनाउनुको उद्देश्य रामजस्तै मर्यादित, अनुशासित र न्यायकारी नेतृत्वको कामना गर्नु हो। जसरी रामराज्यमा जनतामा शान्ति र सन्तोष थियो, आजका शासकहरू पनि त्यस्तै बन्नु जरुरी छ।”

    यस दिन राममन्दिरहरूमा विशेष पूजा, आरती, रामकथा वाचन, रात्रि भजन तथा झाँकी प्रदर्शन गरिन्छ। जनकपुरस्थित रामजानकी मन्दिरमा विशेष मेला लाग्ने गरेको छ जहाँ नेपाल र भारतबाट हजारौं श्रद्धालु सहभागी हुने गर्छन्।

    ‘व्रतार्क’ तथा अन्य धर्मग्रन्थहरूका अनुसार, रामनवमीमा व्रत बसी श्रीरामको पूजा र जप ध्यान गर्नाले मनोकामना पूर्ण हुने र वैकुण्ठ बास प्राप्त हुने विश्वास रहिआएको छ। चैत र असोजमा पर्ने नवरात्रलाई जाग्रत दसैँका रूपमा मनाइने गरिन्छ भने वासन्तीय नवरात्रको नवमीलाई विशेष महत्व दिइन्छ।

    रामनवमी केवल धार्मिक पर्व मात्र नभई सत्य, धर्म, न्याय र सदाचारको प्रतीकका रूपमा स्मरण गरिन्छ, जसले आजका समाजमा पनि गहिरो सन्देश दिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ