• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

    633
    SHARES



    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र तीनकुने घटनाबारे छलफल गर्न आइतबार साँझ सर्वदलीय बैठक आह्वान गरेका छन्।

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख सचेतकहरूको बैठकमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकबारे जानकारी गराएका हुन्।

    शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न यो बैठक बोलाइएको हो। साथै, प्रमुख विपक्षी दलहरूले उठाएका मागहरूमाथि सरकारको धारणा स्पष्ट पार्ने उद्देश्य बैठकको रहेको बताइएको छ।

    सभामुख देवराज घिमिरेका अनुसार संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको थियो। बैठकमा सत्तापक्षले संसद् सुचारु गर्न आग्रह गरे पनि विपक्षीहरूले आफ्नो अडान कायम राखेका छन्।

    लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्न सभामुखको अपिल

    सभामुख घिमिरेले संसद् अवरुद्ध गर्नु लोकतान्त्रिक प्रक्रियामाथिको अवरोध हुने भन्दै सबै दलहरूलाई संसद् बहसमा सहभागी हुन आग्रह गरे। उनले राष्ट्रका महत्त्वपूर्ण घटनाक्रमबारे छलफल गर्न संसद् नै उपयुक्त मञ्च भएको उल्लेख गर्दै संसद् जीवन्त राख्न आग्रह गरे।

    संसद् अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री ओलीद्वारा गरिएको यो पहलले दलहरूबीच संवादको वातावरण बनाउने आशा गरिएको छ। बैठकपछि सरकार र विपक्षी दलहरूबीच सहमति जुट्ने वा संसद् अवरोध कायमै रहने भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ