• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले कुन–कुन शीर्षकमा लगाए लाखौं जरिवाना ? (पत्रसहित)

    1.3K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

    महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

    प्रदर्शनकारीको उग्र व्यवहारका कारण दिनभर काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। यसअघि पनि पूर्वराजा शाहलाई भव्य स्वागत गर्ने क्रममा सडकमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाना गरिसकेको थियो।

    जरिवानाका शीर्षक निम्नानुसार छन्

    १) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख रुपैयाँ
    २) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख रुपैयाँ
    ३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख रुपैयाँ
    ४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख रुपैयाँ
    ५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख रुपैयाँ
    ६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको – १ लाख रुपैयाँ
    ७) महानगरको दमकल फुटाएको – १ लाख ३० हजार रुपैयाँ
    ८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेको – ४० हजार रुपैयाँ
    ९) तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको – २३ हजार रुपैयाँ

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ