• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    तीनकुने घटना संविधानमाथि सुनियोजित हमला, सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

    2.6K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको दाबी गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

    सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राजावादी आन्दोलनको नाममा भएको अराजक गतिविधि पूर्वनियोजित रहेको र त्यसको मूल योजनाकार पूर्वराजा नै भएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

    संविधानमाथि सुनियोजित हमला
    बैठकमा गृहमन्त्रीले घटनाको विस्तृत विवरण पेश गरेपछि कांग्रेसले यो आन्दोलन शान्तिपूर्ण नभई लोकतान्त्रिक संविधानमाथि सुनियोजित हमला भएको निष्कर्ष निकालेको छ।

    “पूर्वराजाले लोकतन्त्र उल्ट्याउन र संविधानलाई असफल बनाउन राजावादी समूहलाई उक्साएका छन्। आन्दोलनको नाममा भएको लुटपाट, आगजनी, प्रेसमाथिको हमला र सार्वजनिक सम्पत्तिको तोडफोड योजनाबद्ध थियो,” महतले भने।

    बैठकमा संविधान र लोकतन्त्रको रक्षा गर्न दलहरूको संयुक्त बैठक बोलाउने निर्णय भएको छ। कांग्रेसले पूर्वराजा शाह, दुर्गा प्रसाईं र उनीहरूको समूहमाथि कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

    “लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्र गर्नेलाई कुनै पनि हालतमा छुट दिन मिल्दैन,” महतले भने। कांग्रेसले तीनकुने घटनाको निन्दा गर्दै प्रेस स्वतन्त्रतामाथि गरिएको आक्रमणबारे पनि छानबिन गर्न पनि माग गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ