• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राप्रपाद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोगाउने प्रयास, मिश्र र राणालाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

    4.2K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा तान्ने कार्य गरेको बताएको छ। तीनकुने घटनालाई योजनाबद्ध षड्यन्त्रको रूपमा व्याख्या गर्दै राप्रपाले पूर्वराजालाई जोगाउने आशयको धारणा सार्वजनिक गरेको छ।

    शनिबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनालाई जोडेर पूर्वराजालाई विवादमा तान्न नहुने जिकिर गरे । ‘हिजोको घटनालाई लिएर राजालाई राजनीतिमा तान्ने र जोड्ने काम भएको छ, त्यो गलत छ’, ज्ञानेन्द्र शाहलाई जोगाउने प्रयास गर्दै उनले भने ।

    तीनकुने घटनामा पूर्वराजालाई पक्राउ गरिनुपर्ने अभियान सामाजिक सञ्जाल प्रयोगकर्ताले चलाइरहेको बेला उनले शान्तिपूर्ण घटना सरकारकै कारण हिंसात्मक बनेको जिकिर गर्दै छानबिन हुनुपर्ने पार्टीले निर्णय गरेको बताए ।

    केहिदिन अघि मात्रै ‘अब समय आइसक्यो, हामीलाई साथ दिनुहोस्’ भन्दै शाहले एउटा भिडियो सन्देश समेत गरेका थिए । त्यसलगत्तै राजावादी पार्टी र समुहहरुले राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न राप्रपाको अल्टिमेटम

    राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।

    उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको बताए ।

    शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा मिश्र र राणालगायतका पक्राउ परेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ