• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स

    807
    SHARES



    काठमाडौं । एलन मस्कले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ आफ्नै एआई कम्पनी एक्सएआईलाई बिक्री गरेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले ३३ अर्ब अमेरिकी डलर बराबरको मूल्यमा एक्स कम्पनी आफ्नै अर्को कम्पनी एक्सएआईलाई बेचेका हुन् ।

    मस्कका अनुसार, यो सम्झौताले एक्सएआईको विशेष क्षमता र एक्सको प्रयोगकर्ता एक ठाउँमा ल्याएर नयाँ सम्भावनाको खोजी गरिनेछ ।

    हाल एक्सएआईलाई बिक्री गरिएको एक्सलाई मस्कले २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेका थिए । त्यसयता उनले कम्पनीमा व्यापक परिवर्तन गरे । जसमा कर्मचारी कटौती, नीति पुनःनिर्माण र ब्रान्ड पुनःस्थापना समावेश छन् ।

    एक्सएआईले पहिले नै एक्सका प्रयोगकर्ताका पोस्टहरू प्रयोग गरेर आफ्नो एआई मोडेल प्ररीक्षण गरिरहेको थियो। एक्सले केही प्रयोगकर्ताहरूलाई एक्सआई द्वारा विकसित च्याटबट ग्रोक प्रयोग गर्ने सुविधा प्रदान गरिरहेको छ ।

    मस्कका अनुसार, यस सम्झौताले प्रयोगकर्तालाई अझ प्रविधिमैत्री बन्न सहयोग गर्नेछ । निकट भविष्यमा एक्समा एक्सएआई प्रविधि अझ बढी समावेश हुनसक्ने उनको भनाइ छ ।

    प्रविधिविद्हरुले भने मस्कको यो कदमलाई सामाजिक सञ्जाल र एआईको संयोजन गर्ने दीर्घकालीन रणनीति भएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ