• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    यस्तो छ ज्ञानेन्द्र समर्थकको अराजक भिडले गरेको तोडफोड, लुटपाट, आगजनी र क्षतिको विवरण

    1.8K
    SHARES



    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

    नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो ।

    तर, प्रदर्शनकारीले उद्दण्ड गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ ।

    प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समेत छन् ।

    प्रदर्शनकारीले सरकारी ९ वटासहित कुल १५ वटा सवारीसाधनमा तोडफोड गरेका छन् भने तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउसलगायतमा तोडफोड गरेका छन् ।

    यसैगरी प्रहरी प्रभाव कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर, एकीकृत समाजवादीको पार्टी कार्यालयसमेतमा तोडफोड कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट समेत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए । ज्ञानेन्द्रका समर्थकले राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गरेपनि हिंसात्मक बन्न पुगेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ