• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आन्दोलन छोडेर भागेका दुर्गा प्रसाईंको प्रहरीलाई चुनौती – जहाँ बोलायो त्यहीँ आउँछु

    4.3K
    SHARES



    काठमाडौं । राजसंस्था पुनस्थापना लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीलाई चुनौती दिँदै आफू जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् ।

    शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ । तर, प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका छन् ।

    तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईंको खोजी थालेको छ । प्रसाईं भने आन्दोलनले चर्को रुप लिन थालेपछि प्रहरीलाई नै पेल्दै गाडी चलाएर भागेका थिए ।

    ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

    यसैबीच गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’

    आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।

    मन्त्रालयले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ