काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाएर अर्कोलाई नियुक्त गरेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको समेत टिप्पणी गरे ।
सरकारले एउटा कर्मचारीलाई हटाएर अर्कोलाई नियुक्त गरेको भन्दै उनले यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनुपर्ने जिकिर गरे ।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उनीहरूलाई सहयोग हुने उनीहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन्।’ उनले भने ।
प्रतिक्रिया