काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नारद लुइँटेल नियुक्त गरेको छ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई उक्त पदमा नियुक्त गरेको हो।
सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो।
उक्त पदको संक्षिप्त सूचीमा छानिएका ५ जनालाई चैत ६ गते बुधवार अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाइएको थियो। सिइओका लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्।
संक्षिप्त सूचीमा झापाका चुडामणि चापागाईं, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका थिए।
सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया