• आज : २०८१ चैत्र, १३

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ चैत्र, १३

    अन्तराष्ट्रिय समाचार

    दक्षिण कोरियामा महाभियोग विवाद- अदालतले गर्यो कार्यबाहक राष्ट्रपतिको पुनर्बहाली

       सञ्चारकेन्द्र    २०८१ चैत्र ११ गते   बिहान १०:१४ बजे
    1.7K
    SHARES



    सियोल । दक्षिण कोरियाको संसदले महाभियोग लगाएका कार्यबाहक राष्ट्रपतिलाई संवैधानिक अदालतले पुनर्बहाली गराएको छ। राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यबाहक राष्ट्रपति बनेका थिए।

    सैनिक कु गर्ने असफल प्रयास गरेको आरोपमा राष्ट्रपति युनको महाभियोग प्रक्रिया अघि बढ्ने भनिए पनि, त्यसलाई रोकेको भन्दै संसदले कार्यबाहक राष्ट्रपति हान डक सूलाई समेत महाभियोग लगाएको थियो।

    तीन महिनापछि आएको अदालतको निर्णयअनुसार हान डक सू पुनः कार्यबाहक राष्ट्रपतिका रूपमा बहाल भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार संवैधानिक अदालतका आठमध्ये पाँच न्यायाधीशले महाभियोग प्रस्ताव वैध भए पनि कार्यबाहक जिम्मेवारीमा रहेका हानलाई हटाउनुपर्ने पर्याप्त आधार नरहेको ठहर गरेका थिए।

    अदालतको निर्णयपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरे। उनले बदलिँदो विश्व परिस्थितिमा दक्षिण कोरियाको निरन्तर विकासका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

    दुई न्यायाधीशले संसदको दुई-तिहाइ बहुमतले पास नगरेकाले महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क राखेका थिए, भने एक न्यायाधीशले हानलाई महाभियोग लगाउनुपर्ने पक्षमा मत दिएका थिए।

    गत डिसेम्बरमा राष्ट्रपति युनले मुलुकमा सैनिक शासन लागू भएको घोषणा गरेपछि संसदले तत्काल सो निर्णय उल्ट्याएको थियो। त्यसपछि युनमाथि महाभियोग लगाइएको थियो। अब केही दिनमा संवैधानिक अदालतले युनमाथिको महाभियोगबारे निर्णय गर्नेछ। यदि अदालतले उनको विरुद्ध फैसला गरेमा दक्षिण कोरियाले ६० दिनभित्र नयाँ राष्ट्रपति निर्वाचन गर्नुपर्नेछ।

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ