• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अप्रिल २४ बाट हुने भयो अमेरिकामा वैधता गुमाएका पाँच लाख आप्रवासीको डिपोर्ट

    2.1K
    SHARES



    वाशिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागू भएको प्यारोल कार्यक्रमअन्तर्गत वैधता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले २४ अप्रिलदेखि डिपोर्ट गर्न तयारी गरिरहेको छ।

    डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीको वैधता समाप्त भएको सूचना जारी गरिसकेको छ।

    सूचना जारी भएको एक महिनापछि नै उनीहरूको डिपोर्ट प्रक्रिया सुरु गरिने बताइएको छ। अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम यसअघि नै जनवरीमा चरणबद्ध रूपमा हटाइएको घोषणा गरिएको थियो।

    गृह मन्त्रालयले जारी गरेको सूचनामा बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका नागरिकलाई अनावश्यक रूपमा अमेरिका भित्र्याएको आरोप लगाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ