• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेकपा बहुमतले सुरु गर्यो ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’

    2.5K
    SHARES



    महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’ सुरु गरेको छ ।

    कञ्चनपुरको महेन्द्रनगरमा अभियानको उद्घाटन गर्दै पार्टी महासचिव धर्मेन्द्र बाँस्तोला(कञ्चन)ले भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनतामाथि शोषण उत्पीडन गरिरहेको भन्दै त्यसबाट मुक्त गराउनुपर्ने बताएका छन् ।

    संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधिदेखि प्रधानमन्त्री, मन्त्रीहरू भ्रष्ट भइरहेको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएका विषयबारे प्रस्ट पार्न माग गरे।

    साथै उनले देशको कार्यकारी प्रमुख सीधै जनताको भोटबाट चुनिनुपर्ने तथा जनप्रतिनिधि सभा गठन गरेर विज्ञहरुबाट मन्त्री बनाउन सके मात्रै नेपाली जनताले राज्यबाट अपेक्षाकृत सेवा पाउने ठोकुवा गरे ।

    ‘कार्यकारी प्रमुख सीधै जनताको भोटबाट चुनिनुपर्छ, जनप्रतिनिधि सभा गठन गर्नुपर्छ। विज्ञबाट मन्त्री बनाउनुपर्छ, तब मात्रै नेपाली जनताले अपेक्षाकृत राज्यबाट सेवा पाउनेछन्।’ उनले भने ।

    नेपालमा संसदीय व्यवस्था असफल भएको प्रष्ट पार्दै महासचिव बास्तोलाले आगामी ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा समेत गरे ।

    ‘आगामी निर्वाचन संसदीय व्यवस्थाका लागि हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ,’ उनले भने, ‘संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागी हुनुपर्छ।’

    अभियान ६ महिनासम्म सञ्चालन हुने नेकपा बहुमतले जनाएको छ। अभियानका क्रममा भ्रष्ट्राचार, तस्कर, माफिया, दलाल र घुसखोरहरुको भण्डाफोर गर्ने उक्त पार्टीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ