• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

    2.4K
    SHARES



    बाँके । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । स्थिति तनावग्रस्त बनेको छ ।

    डडुवा–२ बेतहनी चोकमा मंगलबार दिउँसो भे १ ख ४१०७ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षीय शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी यमबहादुर मल्लले जानकारी दिए ।

    घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले दुर्घटनाग्रस्त ट्यांकरमा आगो लगाएका छन् भने प्रहरी चौकीमा ढुंगामुढा गरेका छन् ।

    प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ । स्थानीयको विरोध प्रदर्शन जारी रहेकाले स्थिति नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी मल्लले बताए ।

    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ