• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पको कदम : ह्यारिस र हिलारीको सुरक्षा स्वीकृति खारेज

    755
    SHARES



    वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व प्रतिद्वन्द्वी कमला ह्यारिस र हिलारी क्लिन्टनको सुरक्षा स्वीकृति (सेक्युरिटी क्लियरेन्स) खारेज गरेका छन्।

    ट्रम्प प्रशासनको पछिल्लो निर्णयसँगै ह्यारिस र क्लिन्टनलाई अब गोप्य सूचनामा पहुँच प्राप्त हुने छैन भने संवेदनशील सरकारी निकायहरूमा एक्लै जान नपाउने भएका छन्। ट्रम्पले शुक्रबार उक्त घोषणा गर्दै पूर्व उपराष्ट्रपति ह्यारिस, पूर्व विदेशमन्त्री तथा पूर्व प्रथम महिला हिलारी क्लिन्टनलाई संवेदनशील सरकारी सूचनाबाट बञ्चित गर्ने निर्णय लिएको बताए।

    यसअघि ट्रम्पले अघिल्लो राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र पूर्व विदेशमन्त्री एन्टोनी ब्लिन्केनको सुरक्षा स्वीकृति पनि खारेज गरिसकेका थिए। ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा क्लिन्टनलाई पराजित गरेका थिए भने सन् २०२४ मा ह्यारिसविरुद्ध चुनाव लडेका थिए।

    ट्रम्पको सूचीमा पहिलो कार्यकालमा उनको सरकारका लागि काम गरेकी रूस विज्ञ फियोना हिल पनि समावेश छिन्। हिलले ट्रम्पको पहिलो कार्यकालमा उनको युक्रेन युद्धप्रतिको दृष्टिकोणको आलोचना गरेकी थिइन्। अहिलेको ट्रम्पले युद्ध रोक्न अपनाएको रूसलाई फाइदा हुने नीतिको पनि आलोचना गर्छिन्।

    ट्रम्पले पहिले नै अघिल्ला राष्ट्रपति जो बाइडेनलाई सुरक्षा स्वीकृतिबाट बञ्चित गर्नुपर्ने व्यक्तिहरूको सूचीमा समावेश गरिसकेका थिए। बाइडेनका शीर्ष सहयोगीहरू पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान, र पूर्व विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई सो सूचीमा राखेका थिए।

    ट्रम्पले सन् २०२० को चुनाव आफूले नहारेको र बाइडेनले धाँधली गरेर जितेको दाबी गरेर आफ्ना समर्थकलाई विद्रोह गर्न उक्साएका थिए। त्यसपछि बाइडेनले पनि कार्यभार सम्हालेपछि ट्रम्पको सुरक्षा स्वीकृति खारेज गरेका थिए। त्यसैको बदला स्वरूप ट्रम्पले बाइडेन र उनका सहयोगीहरूको सुरक्षा स्वीकृति खारेज गरेको अनुमान विश्लेषकहरुको छ ।

    तर ट्रम्पको पछिल्लो कदमले उनी दोस्रो कार्यकालको सुरूमा राजनीतिक शत्रुहरूलाई कुन हदसम्म निशाना बनाइरहेका छन् भन्ने कुरा उजागर गर्छ भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

    ट्रम्प प्रशासनले आफ्नो सुरक्षा रणनीतिअन्तर्गत राजनीतिक शत्रुहरूलाई निशाना बनाएको आरोप लागेको छ। उनका समर्थकहरूले भने यो निर्णयलाई राष्ट्रको सुरक्षासँग सम्बन्धित कदमका रूपमा व्याख्या गरेका छन्।

    यसैबीच, ट्रम्पविरुद्ध मुद्दा चलाइरहेका न्यूयोर्कका वकिलहरू र डेमोक्र्याट नेताहरूले यस कदमलाई अन्यायपूर्ण बताउँदै कानुनी लडाइँको संकेत गरेका छन्। अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पको निर्णयको निन्दा गर्दै न्यायपालिकामाथि हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

    ट्रम्प प्रशासनका पछिल्ला गतिविधिहरूले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ। आगामी दिनमा ट्रम्पले अन्य नेता तथा अधिकारीहरूलाई पनि सुरक्षा स्वीकृतिबाट वञ्चित गर्ने सम्भावना रहेको अनुमान गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ