महोत्तरी । महोत्तरी जिल्लाको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
महोत्तरीका प्रहरी प्रमुख (एसपी) नकुल पोखरेलका अनुसार महतोले बिहान मर्निङ वाकमा गएका बेला अश्लील शब्द बोलेको र सोही विषयमा बालिकाका बुबाले सोधपुछ गर्न क्याम्पमा पुगेपछि विवाद चर्किएको थियो।
स्थानीयवासी आक्रोशित भएपछि प्रहरी पोस्ट घेराउ गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले महतोलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ।
घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयहरूले दोषीलाई कानुनी कारबाही गरी कडा सजायको माग गरेका छन्।
प्रतिक्रिया