• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आज समाजवादी मोर्चाको बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?

    1.4K
    SHARES



    काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ। बैठक नेकपा एकीकृत समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे सुरु हुनेछ। नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार बैठक आगामी चैत १५ गते काठमाडौँमा आयोजना गर्न लागिएको विरोध सभाको तयारीका लागि बोलाइएको हो।

    ‘चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको तयारीका लागि बैठक बस्न लागिएको हो । विरोध सभाको तयारीमा जुट्नुपर्ने भएकाले यसअघि चैत ९ गते जनकपुरमा हुने भनिएको विरोध सभा स्थगित गरिएको थियो।

    मोर्चाले चैत २ गते बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि राखेको छ। फागुन २७ गते बसेको बैठकमा वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै, राजावादी शक्तिहरूको बढ्दो गतिविधि रोक्न काठमाडौँमा विरोध सभा आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

    फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा ठूलो संख्यामा मानिसको उपस्थिति देखिएको थियो। समाजवादी मोर्चाले यसलाई व्यवस्थामाथिको चुनौतीको रूपमा व्याख्या गर्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ