काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। पहाडी तथा हिमाली जिल्लाहरूमा हिजो नै होली मनाइएको थियो भने परम्परागत रूपमा तराई–मधेशमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ। यस अवसरमा नेपाल सरकारले तराईका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ।
नेपालका भौगोलिक भिन्नता अनुसार होली मनाउने परम्परा र नाममा भिन्नता पाइन्छ। हिमाली र पहाडी भेगमा – ‘फागु पूर्णिमा’ भनिन्छ भने तराई–मधेशमा – ‘होली’ र मैथिली भाषामा – ‘फगुआ’ वा ‘होरी’ भनिन्छ। जनकपुरधाममा विशेष परम्परातराईका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइए पनि जनकपुरधाममा भने अन्तरगृह परिक्रमा सम्पन्न भएपछि मात्र होली मनाउने परम्परा रहिआएको छ।
पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा सकेर गन्तव्यतर्फ लागेपछि मात्र यहाँ होली पर्व मनाइन्छ। यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ। समानता र एकताको सन्देश बोकेको पर्वहोली पर्वले सामाजिक सद्भाव, समानता र प्रेमको सन्देश दिन्छ।
यो पर्व हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई लगायत विभिन्न समुदायका मानिसहरूले मिलेर मनाउँछन्। असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा होली मनाउने गरिन्छ।
शान्ति सुरक्षा र मर्यादित होली मनाउन आग्रह
होली पर्वलाई मर्यादित रूपमा मनाउन स्थानीय प्रशासनले विशेष आग्रह गरेको छ। मदिरा सेवन गरेर होहल्ला नगर्न, जबरजस्ती रंग नलगाउन तथा शान्ति सुरक्षामा खलल पार्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ। वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
प्रतिक्रिया