• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    वसन्तपुरमा ठड्याइयो चीर, आजबाट रंगहरूको पर्व होली विधिवत् रूपमा सुरु

    1.5K
    SHARES



    काठमाडौं ।आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत् रूपमा सुरु भएको छ ।

    काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।

    फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।

    तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फीट अग्लो चीरलाई ठड्याइएको छ । वसन्त उत्सवका रूपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्त्व रहेको छ ।

    यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुन्ड्याइएको चीर गाडिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ