• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपाको चेतावनी- कुलमानलाई लखेटे हजारौँ कुलमान आउँछन्

    662
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिएका छन् ।

    प्रतिनिधि सभाको बुधबार बसिरहेको बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा उपलब्ध गराएको समयमा बोल्दै उनले घिसिङलाई पदबाट हटाउनका लागि सरकारले गरिरहेको प्रयासको विरोधमा यस्तो चेतावनी दिएका हुन् ।

    ‘सार्वजनिक संस्थानमा राजनीतिक उपज के हुन्छ त्यो देखिराखेका छौँ । अर्कोतिर कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेहरूलाई हामीले मूल्यांकन जिरोमा गर्छौँ । र, उसलाई विभिन्न बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर हामी निष्कासनको बहानाबाजी गरिरहेका छौँ,’ झाले भने, ‘विभिन्न परिपन्चहरू सिर्जना गरिराखेका छौँ । त्यसैले सरकारलाई खबरदार पनि भन्न चाहन्छौँ एउटा कुलमानलाई लेखट्यौँ भने हामी हजारौँ कुलमान लिएर आउने छौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ