• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव

    1K
    SHARES



    काठमाडौं । हमासले चार इजरायली बन्धकको शव रेडक्रसको जिम्मा लगाएको छ । एक इजरायली अधिकारीको हवाला दिँदै बीबीसीले यसबारे उल्लेख गरेको छ ।

    ती अधिकारीका अनुसार इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरु गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । जुन शनिबार समाप्त हुँदैछ ।

    हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि गरिएको छैन । यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ ।

    यी सबैलाई २०२३ अक्टुवर ७ को आक्रमण दौरान हमासले राखेको थियो । इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरेको बताइँदै छ ।

    हमास वुधबार मात्रै विना कुनै समारोह शव हस्तान्तरणमा सहमत भएसँगै ६०० कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । गाजा सीमामा परिवारसहित चार शवको पहिचान संवेदनशील ढंगले चाँडो गरिने अधिकारीहरुको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ