• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मन्त्री श्रेष्ठका स्वकीय सचिव थापाले विष सेवन गरेको आशंका, भेटियो सुसाइड नोट

    546
    SHARES



    काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

    सोमबार साँझ कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थापाको उपचारको क्रममा सोमबार राति नै कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनका अनुसार घटनास्थलबाट सेल्फस नामको औषधीको बट्टा समेत भेटिएको छ ।

    आत्महत्याको आशंका गरिए पनि पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ । पोस्ट मार्टमका लागि थापाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

    उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ । तीन पेज लामो सुसाइड नोट फेला परेको एक अनुसन्धान अधिकृतले बताए । ‘एउटा सुसाइड नोट पनि फेला परेको छ । पारिवारिक कुराहरू उल्लेख छन् । सहकारीका केही विषय उल्लेख छन् । आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने ।

    घटनास्थलमा भेटिएको उक्त सुसाइड नोटको आधिकारिकता पुष्टि हुन भने बाँकी नै छ । फरेसिन्क जाँचबाट उक्त सुसाइड नोट थापाले ने लेखेको हो/होइन भन्ने यकिन हुन बाँकी नै छ ।

    धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा अचेत भेटिएका थिए ।

    उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ६ः३८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ