• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन्- प्रचण्ड

    45
    SHARES



    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको टिप्पणी गरेका छन् ।

    माओवादी केन्द्रीय कार्यालयले शनिबार पेरिसडाँडामा आयोजना गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’को उद्घाटन गर्दै प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिमा उक्त टिप्पणी गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले दिन–प्रतिदिन कमजोर बन्दै गएको सरकारको प्रस्तुतिलाई विभिन्न तत्वहरुले आफू अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको पनि जिकिर गरे । इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए ।

    ‘सरकारको पर्फरमेन्स दिन–प्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा दिन–प्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ प्रचण्डले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन् । अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ