• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक हाजिर जमानीमा रिहा, सिलिन्डर बरामद

    87
    SHARES



    काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्यास भर्ने भारतीय नागरिकलाई रिहा गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले बताए ।

    वडा प्रहरी कार्यालय बैदामले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो । फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोरखामा मेयर धनराज आचार्य घाइते भएका थिए ।

    कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ । उनले ग्यास भर्न अनुमति नलिएको एसपी ओलियाले जानकारी दिए । प्रहरीले बरामद गरेको सिलिन्डर पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा बुझाएको छ ।

    आरोपीलाई आइतबार सो कार्यालयमा उपस्थित गराउने ओलियाले जानकारी दिए । घटनाबारे कास्कीका प्रजिअ भरतमणि पाण्डेको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ