• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लेबनानमा प्रदर्शनकारीको आक्रमणमा परेर उपरथी ढकाल घाइते

    257
    SHARES



    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । शुक्रवार राति करिब १२ बजे राजधानी बेरुत नजिकै उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी र भिडले रोकी तोडफोड गर्दा उनी घाइते भएका हुन् ।

    घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि बेरुत पुर्‍याइएको र अस्पतालले उनको अवस्था खतरामुक्त रहेको जनाएको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । उपरथी ढकाल आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।

    घटनाको सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको निर्देशनालयले जनाएको छ ।

    सो घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याउने बताएको निर्देशनालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ