• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अस्पतालमा लागू हुँदै एकीकृत प्रणाली, बिरामीले रिपोर्ट बोक्नुपर्ने बाध्यता अन्त्य हुने

    17
    SHARES



    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागू गर्ने तयारी अघि बढेको छ ।

    अधिकारीहरूका अनुसार यो कार्यान्वयनमा आए बिरामीले अस्पताल जाँदा आफ्नो स्वास्थ्य रिपोर्टसहितका कागजपत्र बोक्नुपर्दैन, एउटा कोड नम्बर बोके पुग्छ ।

    हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको जनाउँदै मन्त्रालयले एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाको अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउन लागेको हो ।

    त्यसका लागि सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमा बिरामीको स्वास्थ्य विवरण कम्प्युटरमार्फत् इन्ट्री गर्नुपर्ने हुन्छ । त्यसमा बिरामीको नाम, ठेगाना, उमेरदेखि स्वास्थ्य समस्या, उपचार विधि, प्रयोग गरिएको औषधि लगायत सबै विवरण राखिन्छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भन्छन्, ‘यो प्रणाली कार्यान्वयनमा आउँदा स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको विवरणका साथै प्रयोगशालाका रिपोर्टहरूसमेत विद्युतीय प्रणालीमा सुरक्षित रहन्छन् ।’

    २०७९ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागू गर्ने उल्लेख थियो । तर कार्यविधि नबनेकाले यो कार्यान्व्यनमा आएको थिएन ।

    स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई डिजिटल बनाउँदै लैजाने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउन एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ल्याएपछि अब बल्ल कार्यान्वयनको बाटो खुलेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ