• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रधानमन्त्री ओलीले दिए नरेन्द्र मोदीलाई बधाई

    87
    SHARES



    काठमाडौँ । भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

    प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर (एक्स)मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् । उनले भने, ‘लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाओस् र हाम्रा दुई राष्ट्र बिचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् ।’

    त्यस्तै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समकक्षी एस. जयशंकारलाई बधाई दिएकी छिन् । उनले भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा भारतका जनता र सरकारलाई निरन्तर प्रगति, समृद्धि र उन्नतिको लागि शुभकामना व्यक्त गरेकी छन् ।

    शताब्दीऔँदेखिको साझा इतिहास, पारस्परिक सम्मान र विभिन्न क्षेत्रहरूमा सहकार्यबाट बनेको दुई देशको बलियो सम्बन्धलाई महत्त्व दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री आरजुले आगामी दिनेहरूमा यी सम्बन्धहरूलाई अझ सुदृढ गर्दै जाने बताएकी छन् ।

    भारतले आज ७६ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको छ ।

    सो अवसरमा आज भारतले बिहान १० बजेदेखि नै नयाँ दिल्लीस्थित ‘कर्तव्य पथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी छन् ।

    सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतले सन् १९५० को जनवरी २६ मा संविधान जारी भएपछि सोही दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ