• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ : अर्थमन्त्री पौडेल

    60
    SHARES



    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको बताए ।

    उनले नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    पौडेलले अर्थतन्त्रमा देखापरेका मुद्दा ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका काम अघि बढाउन सरकारले विशेष ध्यान दिएको बताए । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने उनले प्रतिबद्धता जनाए ।

    अर्थमन्त्री पौडेलले आईएमएफ सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गरे । यसका लागि नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास दिलाए । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।

    भेटमा सर्वत जहान नेतृत्वको आईएमएफ टोलीले विगतका सुधार कार्यक्रम समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ