काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो ।
बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका छन् ।
त्यसक्रममा ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भएको कारबाही फिर्ता नहुने बताएका छन् । ‘पार्टी हितविपरित बोल्ने र काम कारबाही गर्नेको कारबाही फिर्ता हुँदैन । यस्तो अवस्था पार्टीमा रहँदा अराजकता बढ्छ’, अध्यक्ष ओलीको भनाइ थियो ।
प्रतिक्रिया