• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    स्थानीय तह उपनिर्वाचन- ३१ जनाले लिए उम्मेदवारी फिर्ता

    44
    SHARES



    काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएकामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।निर्वाचन आयोगले बुधबार राति विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो ।

    यसैबीच स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये ५ वटा दलले उम्मेदवारी नै दर्ता नगराएको पाइएको छ ।

    निर्वाचन आयोगका अनुसार हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया