• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी

    52
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ ।

    लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।

    लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले बताए । उनले भने, ‘जाहेरी लिएर हामीले अनुसन्धान थालेका छौं ।’

    सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । गोरखा मिडियाका सञ्चालक लामिछाने र जोशी अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पुरक जाहेरीको आधारमा थप अनुसन्धान गरिने एसपी मिश्रले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया