• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    समाजवाद नक्कल गर्ने विषय होइन- प्रचण्ड

    284
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद नक्कल गर्ने विषय नभएको बताएका छन् ।

    सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद थोपरेर नभई जगबाटै उमार्नु पर्ने विषय भएको बताए।

    ‘समाजवाद नक्कल गरेर, कुनै पार्टी विशेषले दस्ताबेजमा लेखेर आउने होइन जगबाटै उमार्ने र निर्माण गर्न कुरा हो’, प्रचण्डले भने– ‘उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’

    उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका अवस्थामा चिनिए पनि विगत ५०, ६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताए । ‘हरेक विषयको नक्कल गरेर होइन, हाम्रै जग, विशेषता र इतिहासमा हाम्रा पुर्खाले विकास गरेको प्रविधि र अर्थतन्त्रको जगमा टेकेर आधुनिक समाजवादको निर्माण गर्नुछ’, प्रचण्डको भनाइ छ ।

    उनले समाजवादप्रति आस्था राख्ने सबैलाई घिमिरेको पुस्तक पढ्न र चिन्तन मनन गर्न विशेष अपिल गर्दै उक्त पुस्तकले समाजवादबारे नयाँ बहस सुरु गरेको बताए । ‘समाजमा समाजवादबारे तीन धारणा रहेका छन् । एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने । दोस्रो अनुभववादी तरिकाले हेर्ने । र तेस्रो व्यवहारवादी धारणा’, प्रचण्डले भने– ‘त्यसमध्ये आफू र सोमत घिमिरेले भनेको तेस्रो धारणा हो ।’

    कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्ध देशव्यापी चलाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए । कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेता र पार्टीहरूले सत्तामा जाँदा इतिहास भुल्ने गरेकाले नेपाल र नेपालीले अहिले दुर्दशा भोग्नुपरेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया