• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सहकारी अनियमितता प्रकरण- कांग्रेस उपसभापति गुरुङसँग प्रहरीले लियो ५ घण्टा बयान

    266
    SHARES



    काठमाडौं । प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

    लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालय बोलाएर गुरुङसँग घटनाबारे सोधपुछ गरेर कागज गराइएको सीआईबीका एक अधिकृतले बताए । उनीसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै आलोचना हुँदै आएको थियो । गुरुङविरुद्धको किटानी जाहेरी समेत प्रहरीले लिन नमानेको आरोप थियो । यो घटनामा गुरुङ पत्नी ज्योतीविरुद्ध अन्तरर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

    उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख रुपैयाँ प्रहरीको भनाइ छ ।

    यो समस्या आएपछि संस्था सञ्चालक समितिका ९ जना सदस्यसहित उपसभापति गुरुङ, उनकी पत्नी ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्ने मौखिक प्रतिबद्धता व्यक्त गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङ बताउँछन् । त्यो पूरा नभएपछि संस्था संकटमा परेको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया