• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा लगेर १ करोड ८२ लाख हिनामिना गरेको अनुसन्धान निष्कर्ष

    366
    SHARES



    काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे अनुसन्धान गरिरहेको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । ‘दुईजनाको नाममा प्रवाह भएको ऋण बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको भेटिएको छ ।’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने ।

    उनीहरुले ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्ने नाममा सो ऋण लिएका हुन् । राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोरखा मिडियामा गएको १ करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लेखापरिक्षण प्रतिवेदनबाट पनि सो कुरा पुष्टि भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया