• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सवारी दुर्घटना न्युनीकरणको माग गर्दै सुर्खेतमा आन्दोलन

    340
    SHARES



    सुर्खेत । सवारी दुर्घटना न्यूनीकरण गर्न माग गर्दै सुर्खेतमा आन्दोलन गरिएको छ। शुक्रबार दैलेख र सुर्खेतको सीमानामा गाडी दुर्घटनामा मृतक तथा घाइतहरुका आफन्तले शनिबार आन्दोलन गरेका हुन्।

    उनीहरुले यातायातसँग सम्बन्धित ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने, चेकपोष्टमा भएका प्रहरीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन्।

    शुक्रबारको दुर्घटना क्षमताभन्दा बढी यात्रु चढाइएको कारण भएको भन्दै आफन्तले चेकपोष्टमा लापरबाही गर्ने प्रहरी कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

    शुक्रबार दैलेखबाट सुर्खेततर्फ आईरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको माइक्रो सुर्खेत र दैलेखको सीमानामा पर्ने रानीमत्ता नजिक दुर्घटना भएको थियो। सडकबाट करिब १०० मिटर तल खसेको उक्त गाडीमा सवार चालकसहित चार जनाको मृत्यु भएको थियो।

    १५ जना सिट क्षमता भएको उक्त गाडीमा ३४ जना यात्रु राखिएको थियो।

    दुर्घटनामा ३० जना घाइते भएका छन्। जसमध्ये ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ। १० जना डिस्चार्ज भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया