• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाथीभरामा केबलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप, तीन घाइते

    493
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    ताप्लेजुङ । जिल्लाको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप भएको छ । केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा ढुंगा हानाहान हुँदा तीन जना घाइते भएका छन् ।

    घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  बताए ।

    शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

    अध्यक्ष तुम्बाहाम्फे र मेयर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम सुरु गर्न लागेपछि विरोध सुरु गरे । त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए । विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए ।

    सीडीओ शर्माका अनुसार, अहिले स्थितिमा नियन्त्रणमा आइसकेको छ । यद्यपि, दुवै पक्षका व्यक्तिहरु घटनास्थल आसपासमै छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया